क्लासिक लिजेन्ड्सद्वारा नेपाल प्रवेशको घोषणा, ‘जावा’ र ‘जावा फोर्टी टु’ उपलब्ध हुने « Khabarhub

क्लासिक लिजेन्ड्सद्वारा नेपाल प्रवेशको घोषणा, ‘जावा’ र ‘जावा फोर्टी टु’ उपलब्ध हुने


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको क्लासिक लेजेन्ड्सले नेपाली बजारमा आफ्नो पदचिन्ह विस्तार गर्ने भएको छ ।

क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ ।

यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो । यसको सञ्चालन सन् २०२० को अक्टोबर महिनाबाट सुरुवात हुनेछ ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडेल उपलब्ध गराउने छ । यो कदमसहित क्लासिक लिजेन्डस्ले नेपालमा जावा अनुशरणकर्ताहरूका लागि आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्नेछ र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्दछ ।

यो घोषणा गर्दै क्लासिक लेजेन्ड्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भने, “जब हामीले भारतमा नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र माग सहित सफलता हासिल गर्‍यौं, त्यस बेला हामीलाई नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने थाह भयो । हामी नेपालमा आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ हाम्रा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दैछौं, हामी देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सा सहित एउटा अद्वितीय स्वाभित्व अनुभवका साथ हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछौं ।”

कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठले भने, “यसले हामीलाई क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउनमा ठूलो गर्व प्रदान गरेको छ । हामी हाम्रो देशका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौं ।

एउटा प्रमाणिक र आइकोनिक ब्रान्ड जावाप्रति निकै म निकै आशावादी छु, यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्दछ र नयाँ जावाको पौराणिक क्लासिक अझै टे«न्डी देखिएको छ र यसको सबल निर्माण विशेषताले गर्दा नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा म विश्वस्त छु ।”

जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइने छ ।

निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुकगर्न र टेस्टराईड गर्न सक्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ४१ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं