जानीराखौं, यी हुन तामाको भाँडोको पानी पिउनुका फाइदा « Khabarhub

जानीराखौं, यी हुन तामाको भाँडोको पानी पिउनुका फाइदा


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसका फाइदा यस्ता छन् :

तौल घटाउन

तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

बुढ्यौलीको लक्षण रोक्न

तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।

घाउ भर्न

तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।

क्यान्सर कम

शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

मेलेनिन वृद्धि

तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।

मिर्गौला र कलेजो

शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।

थाइरोइड ग्रन्थी

तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थीलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।

स्मरणशक्ति बलियो

तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : २६ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको