भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास « Khabarhub

भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गर्दै भिसा नीतिमा कुनै परिवर्तन नभएको जनाएको हो ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी भिसाको सम्बन्धमा केही समाचारहरुको प्रकाशनले उत्पन्न गरेको भ्रामक सूचनालाई लिएर हाम्रो ध्यानाकर्षण भएको छ ।’

दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौ कि हामीले हाम्रो नीतिमा कुनै परिवर्तन गरेका छैनौं । साथै, अमेरिकामा भ्रमण गर्ने वा प्रवासी कम्युष्टि पार्टीका सदस्यहरु वा निरंकुश शासन प्रणालीका सदस्यहरुको बारेमा हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अमेरिकामा बस्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारिएको छ । ‘हरेक भिसाको विषय व्यक्तिगत आधारमा निरुपण गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

दूतावासद्वारा जारी सूचना यस्तो छ-

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १० : २५ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम