श्रमिकको हकहित र न्यायका लागि काम गर्ने कार्यबहाक महावाणिज्यदूत पोखरेलको प्रतिबद्धता | Khabarhub Khabarhub

श्रमिकको हकहित र न्यायका लागि काम गर्ने कार्यबहाक महावाणिज्यदूत पोखरेलको प्रतिबद्धता



दोहा- साउदी अरबको जेद्धास्थित नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत शत्रुघन पोखरेलले श्रमिक हकहित र न्यायका निम्ती काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

जिम्मेवारी सम्हाल्न जेद्धा पुगेका पोखरेलले आफ्नो भावी कार्य योजनाको बारेमा जानकारी दिदै जागिर भन्दा माथि उठेर काम गर्ने बताएका हुन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘जसरी तपाईहरुले योगदान गर्नु भएको छ त्यसरी नै श्रमिकहरुको हकहित, सुरक्षा र न्यायको निम्ती म काम गर्नेछु ।’

कार्यक्रममा एनआरएनए प्रवक्ता बिष्णु न्यौपानेले श्रमिकका समस्याका लागि एनआरएन साउदी अरबले नियोगसंग समन्वय गर्दै आएकाले अब थप सहयोग र सहकार्य हुने अपेक्षा गरे ।

श्रमिकको दक्षता छनोट गरेर मात्र काममा ल्याउने, न्युनतम पारिश्रमिक बृद्धि गर्ने, छिमेकी तथा तेस्रो मुलुक हुँदै साउदी अरबमा घरेलु महिला पठाउने दलालहरुलाई निस्तेज गर्नुपर्ने लगायतका समस्यालाई उनले कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए ।

यस्तै एनआरएनए बरिष्ठ उपाध्यक्ष ध्रुब रिजालले एनआरएन साउदीले बिगतमा गरेका कार्यहरु र भूमिकाहरुको बारेमा अवगत गराएका थिए ।

श्रम सहचारी प्रेम प्रसाद उपाध्यायले वर्षेनी श्रम बजारमा आउने ५ लाख भन्दा बढी नेपाली युवाहरूलाई दक्ष बनाउने सीप सिकाउन पर्ने सुझाव दिए ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : ३४ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य