चुनावी परिणाम आइरहँदा अमेरिकामा दैनिक संक्रमण वृद्धिमा कीर्तिमान « Khabarhub

चुनावी परिणाम आइरहँदा अमेरिकामा दैनिक संक्रमण वृद्धिमा कीर्तिमान


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा रहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ ।

राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम हुँदै गएको ।

त्यहाँ दुई दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

बिहीबार एकैदिन १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकामा शुक्रबार पनि एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ८९७ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९९ लाख १३ हजार २१५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ३५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३३ लाख ३७ हजार १६३ जनामध्ये १८ हजार ७४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार ९१० पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : १० बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर