वैध मतले मै विजयी हुँ- ट्रम्प, संयमित बनौँ- बाइडेन « Khabarhub

वैध मतले मै विजयी हुँ- ट्रम्प, संयमित बनौँ- बाइडेन

बाइडेन जित नजिक


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा अवैधानिक भोटहरु गनेर डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनलाई जिताउन खोजिएको फेरि आरोप लगाएका छन् ।

परिणाम उल्टाउन सर्वोच्च अदालतमा मुद्दा दायर गर्न जाने पनि उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।

उनले भने, ‘वैधानिक भोटहरु गन्ने हो भने मैले चुनाव जितेको छु । तर, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।’

स्थानीय समयानुसार ह्वाइट हाउसमा बिहीबार साँझ एक विशेष पत्रकार सम्मेलन गर्दै उनले परिणाम उल्ट्याउन सर्वोच्च पुग्ने घोषणा गरेका हुन् ।

उनले निर्वाचनको दिनभन्दा पछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भनेका छन् ।

अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्ट्रपति लागि मत दिन सकिने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार त्यहाँ यसपटक १० करोडभन्दा बढी अमेरिकीले हुलाकमार्फत भोट हालेका छन् । तर, राष्ट्रपति ट्रम्पले निर्वाचनका दिनबाहेक अरू दिनका मतहरूलाई मान्यता दिन नसकिने बताए ।

संयम हुन बाइडेनको आग्रह

ट्रम्पले धाँधली भएको र परिणाम उल्ट्याउन अदालत जाने बताइरहँदा डेमोक्र्याट उम्मेदवार जो बाइडनले भने मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरेका छन्।

‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उनले भने, ‘तर प्रक्रियाले काम गरिरहेको छ।’

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने,’अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।’

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्र पदकी उम्मेदवार कमला ह्यारिसलाई ‘कुनै शङ्का नरहेको’ पनि बाइडनले बताए।

बाइडेनलाई ६ इलेक्टोरल भोट आवश्यक

जितका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् । फक्स न्यूजका अनुसार बाइडेनले अहिलेसम्म २६४ र ट्रम्पले २१४ इलेक्टोरल भोट ल्याएका छन् ।

निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख भएका छन् ।

विस्कन्सिनमा (१०) र मिसिगनमा (१६ ) इलेक्टोरल मत रहेको यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जित हासिल गरेका थिए । एरिजोना पनि  बाइडेनले जितेको फक्स न्यूजले जनाएको छ ।

निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् । नेभाडामा बाइडेन अगाडि छन् । रिपब्लिकन पकड रहेको जर्जिया अहिले ‘ब्याटलग्राउण्ड’रुपमा देखिएको छ। १६ भोट रहेको जर्जियामा कडा टक्कर देखिएको छ ।

नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्।

सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सासमा भने ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्यूयोर्क भने बाइडेनले जितेका छन्।

यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि-दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३-३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९-२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०-२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ-आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ५३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको