दोस्रो लहरको संक्रमण बढेपछि इटालीमा फेरि लकडाउन « Khabarhub

दोस्रो लहरको संक्रमण बढेपछि इटालीमा फेरि लकडाउन


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ ।

इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।

कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।

यसअघि  इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो ।

लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।

स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ ।

संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी  राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ ।

इटालीका सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावले एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता हुन थालेको छ ।

यो समाचार तयार पार्दासम्म इटालीमा कोरोनाका कारण ४० हजार १९२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या ८ लाख २४ हजार ८७९ छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३४ हजार संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : १० बजे

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण