युरोपा लिगमा लेस्टर सिटिको लगातार तेस्रो जित « Khabarhub

युरोपा लिगमा लेस्टर सिटिको लगातार तेस्रो जित


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब लेष्टर सिटीले लगातार तेस्रो जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको पोर्चुगिज क्लब ब्रागालाई ४-० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लेष्टरले २१औँ मिनेटमा केलिची इहिनाचोको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ४८औँ मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए ।

खेलको ६७औँ मिनेटमा डेनिस प्राएटले गोल गर्दै लेष्टरलाई ३-० को अग्रता दिलाए । ७८औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेष्टरलाई ४-० को जित दिलाए ।

जितसँगै लेष्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ‘जी’ को लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । लेष्टर समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ५२ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल