श्रीमान–श्रीमतीबीच उमेरको अन्तर कति ? यस्तो छ अनुसन्धानको निचोड « Khabarhub

श्रीमान–श्रीमतीबीच उमेरको अन्तर कति ? यस्तो छ अनुसन्धानको निचोड


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामान्यतया युवतीहरु पनि आफूभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने चाहाना राख्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफूभन्दा बढी उमेरकै खोज्छन् ।

अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफूभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् ।

सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन ।

कोही श्रीमान–श्रीमती १ बर्षका जेठो–कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ।

किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेका थिए । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए ।

उक्त अध्ययनको उद्देश्य थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहन्छ । अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो ।

यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लागि गरिएको थियो । के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ?

यो अध्ययनमा हासिल गरिएको जानकारीलाई तीन हिस्सामा विभाजन गरिएको थियो । पहिलो, ति दम्पती जसको उमेर अन्तर एक बर्षभन्दा कम छ । यसरी उमेर अन्तर धेरै नहुनेको दाम्पत्य जीवन सुखमय हुन्छ । उनीहरुमा सम्बन्ध विच्छेद गर्ने संभावना अत्यन्तै कम हुन्छ ।

यसैगरी जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने सम्भावना १८ प्रतिशत रहन्छ । त्यसैगरी जुन दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने सम्भावना अधिक रहन्छ ।

यसको निष्कर्ष के थियो भने, दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ उत्तिनै उनीहरुको सम्बन्धमा खटपट आउने र सम्बन्ध विच्छेद हुने सम्भावना बढ्छ । यसर्थ दाम्पत्य सुखका लागि श्रीमान् र श्रीमतीको उमेर अन्तर पनि कम हुनुपर्छ । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : २३ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने