मदिरा सेवनपछि के खाने, के नखाने ? यस्ता छन् थाहा पाउनैपर्ने कुरा « Khabarhub

मदिरा सेवनपछि के खाने, के नखाने ? यस्ता छन् थाहा पाउनैपर्ने कुरा


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामी सुरुमै भन्छौँ मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । त्यसैले मदिराको सेवन नगर्दै राम्रो हुन्छ । तरपनि अहिले मदिरा सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ ।

अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत घरधुरीमा रक्सी पिइन्छ ।

यसमध्ये २८ प्रतिशत महिला रक्सी पिउँछन् । अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने सवालमा चिकित्सकीय चर्चा यसरी गरिएको छः

मदिरा सेवनपछि के खाने ?

रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ ।

साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ । जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ ।

साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पुर्याउँछ ।

साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ०० बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल