प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्षको औपचारिक भेट « Khabarhub

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्षको औपचारिक भेट

परम्परा र सम्बन्धका विषयमा छलफल


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता हुनेछन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत समाधान हुने विश्वास ब्यक्त गरेकोसमेत उल्लेख गरेका छन् । ।

भेटमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललगायतको सहभागिता रहेको थियो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । बिहीबार नै सेनाध्यक्ष नरवणेले प्रधानसेनापति पूर्णचन्द थापासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : ४० बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत