नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ | Khabarhub Khabarhub

नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।

थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ३८ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता