जर्जियामा ट्रम्पले अग्रता गुमाए, बाइडेन विशाल जिततर्फ « Khabarhub

जर्जियामा ट्रम्पले अग्रता गुमाए, बाइडेन विशाल जिततर्फ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिमतर्फ जाँदा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प पराजित हुने सम्भावना बढेको छ।

उनले शुरुदेखि अग्रता लिइरहेको जर्जियामा मतगणना सकिनै लाग्दा अग्रता गुमाएका छन्।

१६ इलोक्टरल कलेज भोट रहेको जर्जीमा उनी विपक्षी उम्मेदवार जो बाइडेनभन्दा करिम १५ सय मतले पछाडी परेको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन्।

त्यहाँ करिब ९९ प्रतिशत मतगणना भइसकेको जनाइएको छ। जर्जियामा पछाडी परेसँगै ट्रम्प दोस्रो कार्यकालका लागि व्हाइट हाउस पुग्ने सम्भावना निकै कमजोर बनेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने कम्तिमा २७० इलेक्टोरल कलेज भोट मध्य बाइडेनले २६४ मा जित हात पारि सकेका छन्।

जर्जियामा जिते उनको इलेक्टोरल कलेज भोट संख्या २८० पुग्नेछ। बाइडेनले ६ इलेक्टोरल भोट रहेको नेभडामा पनि अग्रता बनाइरहेका छन् ।

अन्तिम मतपरिणाम आउन बाँकी राज्य मध्ये नेभडा (६) र जर्जिया (१६) माबाइडेनले अग्रता बनाएका छन् भने तीन राज्य पेन्सिल्भेनिया (२०), नर्थक्यारोलिना (१५) र अलास्का (३) मा ट्रम्पले अग्रता बनाएका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ०९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको