अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन सामुहिक आग्रह गर्ने निर्णय « Khabarhub

अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन सामुहिक आग्रह गर्ने निर्णय


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो ।

त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए । प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष ओलीसँग सल्लाह गरेरै डाकिएको प्रस्ट पारे ।

आजको अनौपचारिक बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिए भने अर्का अध्यक्ष केपी शर्माओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने उपस्थित भएका थिएनन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : १९ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका