कांग्रेस शीर्ष नेताको बैठक आज पनि  निष्कर्षविहीन  « Khabarhub

कांग्रेस शीर्ष नेताको बैठक आज पनि  निष्कर्षविहीन 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-   नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुटेन ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्केपछि पुनः शनिबार (भोलि) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

‘वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भयो तर निष्कर्ष निस्किएको छैन’, केन्द्रीय सदस्य लेखकले भने, ‘शनिबार बस्ने अनौपचारिक बैठकले पौडेल समूहले उठाएका मागहरुलाई टुंगोमा पुर्‍याउने तयारी छ ।’

बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफ्ना माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेका थिए ।

सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेलाई सारिएको थियो ।

कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ४१ बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ