पूर्वमन्त्री बडुसहित काँग्रेसका पाँच केन्द्रीय सदस्यलाई कोरोना संक्रमण  « Khabarhub

पूर्वमन्त्री बडुसहित काँग्रेसका पाँच केन्द्रीय सदस्यलाई कोरोना संक्रमण 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना सक्रमण देखिएका सबैजना होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो ।

पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका लागि बैठक सारिएको छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर पनि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन्।

यस्तै केन्द्रीय सदस्य मिन बिश्वक्रम पनि कोरोना संक्रमणपछि अस्पतालमा छन् । उनको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको भएपनि उनी अस्पतालमै उपचाररत छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : १४ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल