पेन्सिलभानियाको मतगणना केन्द्रमा हतियारसहित आक्रमण गर्न खोज्ने पक्राउ « Khabarhub

पेन्सिलभानियाको मतगणना केन्द्रमा हतियारसहित आक्रमण गर्न खोज्ने पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् ।

अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मत गणना केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिएको छ । स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको सो पत्रिकाले जनाएको छ ।

ती व्यक्तिले हातियारसहित सो केन्द्रमा हमला गर्न खोजेपछि पक्राउ गरिएको र उनको साथबाट हातहतियार बरामद गरिएको जनाइएको छ । उनी को हुन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ०८ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर