पेन्सिलभानियाको मतगणना केन्द्रमा हतियारसहित आक्रमण गर्न खोज्ने पक्राउ | Khabarhub Khabarhub

पेन्सिलभानियाको मतगणना केन्द्रमा हतियारसहित आक्रमण गर्न खोज्ने पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् ।

अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मत गणना केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिएको छ । स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको सो पत्रिकाले जनाएको छ ।

ती व्यक्तिले हातियारसहित सो केन्द्रमा हमला गर्न खोजेपछि पक्राउ गरिएको र उनको साथबाट हातहतियार बरामद गरिएको जनाइएको छ । उनी को हुन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ०८ बजे

रुसी तेल नकिन्ने भारतीय रिफाइनरीको घोषणा

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका दुई प्रमुख तेल

आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक परीक्षणलाई निरन्तरता दिन निर्देशन

हिउँदे वर्षाले जलमग्न रिङरोड क्षेत्र (तस्बिरहरू)

काठमाडौं– अहिले देशका विभिन्न भागमा पानी परिरहेको छ। पश्चिमी वायु

भारत र नेपालबीच नयाँ प्रसारण लाइनका लागि संयुक्त लगानी सम्झौता

काठमाडौं – नेपाल र भारतबीच दुई नयाँ अन्तरदेशीय ४०० केभी

‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी