बाइडेन विशाल जिततर्फ : पेन्सिलभेनियामा पनि ट्रम्पलाई पछि पारे « Khabarhub

बाइडेन विशाल जिततर्फ : पेन्सिलभेनियामा पनि ट्रम्पलाई पछि पारे


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विशाल जिततर्फ उन्मुख भएका छन् ।

२६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् ।

६ इलेक्टोरल भोट भएको नेवाडामा पनि उनले पहिलेदेखि नै अग्रता जारी राखेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई ६ इलेक्टोरल भोटको खाँचो रहेका बेला थप दुई राज्यमा अग्रता बनाए पछिरिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड  ट्रम्पको सम्भावना सकिँदै गएको छ ।

हालसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट मात्र प्राप्त गरेका छन् । यसअघि ट्रम्पले यी दुई राज्यमा अग्रता लिइरहेका थिए ।

२० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको फक्स न्यूजले जनाएको छ ।

बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडेनले अग्रता लिएका छन् ।

१६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल भोट छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ३३ बजे

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले गत आर्थिक वर्षमा चार

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या