बाइडेन विशाल जिततर्फ : पेन्सिलभेनियामा पनि ट्रम्पलाई पछि पारे | Khabarhub Khabarhub

बाइडेन विशाल जिततर्फ : पेन्सिलभेनियामा पनि ट्रम्पलाई पछि पारे


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विशाल जिततर्फ उन्मुख भएका छन् ।

२६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् ।

६ इलेक्टोरल भोट भएको नेवाडामा पनि उनले पहिलेदेखि नै अग्रता जारी राखेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई ६ इलेक्टोरल भोटको खाँचो रहेका बेला थप दुई राज्यमा अग्रता बनाए पछिरिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड  ट्रम्पको सम्भावना सकिँदै गएको छ ।

हालसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट मात्र प्राप्त गरेका छन् । यसअघि ट्रम्पले यी दुई राज्यमा अग्रता लिइरहेका थिए ।

२० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको फक्स न्यूजले जनाएको छ ।

बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडेनले अग्रता लिएका छन् ।

१६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल भोट छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ३३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका