टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता बने कर्ण « Khabarhub

टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता बने कर्ण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् ।

उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् ।

आज लाइभ कार्यक्रम प्रसारण गरी नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन् । उनले सप्तरङ कार्यक्रममार्फत टीभीएससँग जोडिएको र यो ब्रान्डप्रतिको विश्वसनियता बढेको बताए ।

सो अवसरमा नेपाल आइडल विजेता रवि ओडले रत्नेश्वर कुमार कर्णलाई अब स्ट्राइकर नचढेर अपाचे आरआर ३१० बाइक चढ्न पाउने र यसको विश्वसनियताका लागि एभिन्युज टेलिभिजन हेर्न टेलिफोन कलमार्फत सुझाव दिए । उनले जनकपुर सोरुमबाट फोन आयो भने अझ विश्वसनियता बढ्ने जानकारी दिए ।

कर्ण आज टीभीएस दसैंको आशा योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट विजेता बन्न सफल भएका हुन् । कर्णले टीभीएसको अपाचे आरआर ३१० बाइक उपहार स्वरुप प्राप्त गर्ने छन् ।

सो अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सीसी सम्मका टीभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सकिने बताए ।

सो योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/मा गएर फारम भर्नु पर्नेछ ।

जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

नेपालमा जगदम्बा मोटर्स प्रालिले टीभीएसका बाइक वा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ५० बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले