चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा, साढे १ अर्ब रुपैयाँ फिर्ता पाउँदै « Khabarhub

चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा, साढे १ अर्ब रुपैयाँ फिर्ता पाउँदै


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ बैंक, ठेकेदार कम्पनी र चिनियाँ अदालतको लामो चक्करपछि नेपालका हिमालयन बैंक र बैंक अफ काठमान्डुले मुद्दा जितेका छन् ।

मुद्दा जितेसँगै उनीहरुको डेढ अर्ब रुपैयाँ बराबरको रकम फिर्ता आउने भएको छ।

८ बर्षअघि मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा दुवै बैंकले जितेपछि उनीहरुको रकम फिर्ता आउने भएको हो।

यद्यपी विपक्षीहरु पुनरावेदनका लागि उच्च अदालतमा जाने सम्मावना भने अझै रहेको छ।

विहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्द जितेका हुन्। दुवै बैंकले शुक्रबार नै रकम फिर्ताको लागि दावी सहितको पत्र पठाउने बताएका छन्।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आफूले शुक्रबार मुद्दा जितेको खवर पाएको जानकारी दिँदै दुवै बैंकले सल्लाह गरी रकम फिर्ताको लागि तत्काल पहल थाल्ने जानकारी दिए।

मुद्दा जितेसँगै दुवै बैंकले मेलम्ची जमानतको रकम भुक्तानी पाउनेछन्।

मेलम्ची आयोजनाको जमानत रकम फिर्ता आएमा बैंक अफ काठमाण्डूको ९४ करोड ९८ लाख रुपैयाँ बराबर र हिमालयन बैंकको ६६ करोड रुपैयाँ फिर्ता आउने छ।

त्यस्तै बैंकले हर्जना रकम पनि फिर्ता पाउने छन् तर कति रकम फिर्ता आउने छ भन्ने विषयमा भने अझै स्पष्ट जानकारी नआएको बैंकले जनाएको छ।

बैंक अफ काठमाडौं र हिमालय बैंकले ८ बर्ष अघि चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) का तर्फबाट मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापत डेढ अर्ब रुपैयाँ दिएका थिए।

तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रुपमा सीसीबी रहेको थियो। सीसीबीको काउन्टर ग्यारेन्टीको रुपमा नेपालका बैंकहरु बैंक अफ काठमाडौं र हिमालयन बैंक रहेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : ०५ बजे

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा