१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली « Khabarhub

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो ।

उनीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै छन् । उनलाई पनि हाजिर जमानतमा छाड्ने तयारी भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेपछि छाडिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते ओलीलाई गुन्डुस्थित निवासबाटै पक्राउ गरेको थियो।

तर विभिन्न ६ वटा रोगको सामना गरिरहेका ओ‌ली चैत १५ गतेदेखि शिक्षण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएपछि चिकित्सकहरूले उनलाई पित्तथैलीमा पत्थरी, थाइराइड, मधुमेह, उच्च रक्तचापसहितका समस्या भएको बताएका थिए ।

निरन्तर निगरानीमा राखेर उपचार गर्नुपर्ने भएपछि ओलीलाई चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज गर्न अस्वीकार गरेका थिए । त्यहीकारण उनले प्रहरी कार्यालयको हिरासतमा बस्नु भने परेन।

गत चैत २३ गते सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएकाे ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको थियो।

जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : ०९ बजे

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक