रोहिंग्या शरणार्थीको स्थानान्तरणप्रति राष्ट्रसंघको  असन्तुष्टि « Khabarhub

रोहिंग्या शरणार्थीको स्थानान्तरणप्रति राष्ट्रसंघको  असन्तुष्टि


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बङ्गलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दवावमा पारी बङ्गालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले असन्तुष्टि जनाएको छ ।

‘हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही शरणार्थीहरू भसन चार टापूमा बसाइँ सर्न दबाब दिइएको पाएका छौँ । स्थान परिवर्तनको बारेमा शरणार्थीहरूको प्रारम्भिक दृष्टिकोण परिवर्तन भएको छ र बसाइँ सर्न चाहेको छैनन्,’ राष्ट्रसंघ प्रमुख महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले भने ।

उनले भने, ‘यदि उनीहरूले स्थानान्तरणका लागि अनिच्छा प्रकट गरेका हुन् भने उनीहरूलाई कोक्स बजारको शिविरहरूमा बस्न दिइनु पर्दछ ।’

बङ्गलादेशमा करीब १० लाख रोहिंग्या शरणार्थीहरूलाई आयोजना गर्ने उदारताको प्रसंशा गर्दै शरणार्थीलाई स्थानान्तरणका लागि दवाव दिइनु नहुने दुजारिकले बताए ।

बङ्गलादेशले भसन चार टापूमा करिब एक लाख शरणार्थी राख्ने योजना अन्तर्गत करिब एक हजार ६०० व्यक्तिलाई त्यसतर्फ पठाइसकेको छ ।

स्थानान्तरण गर्ने टापू सामुद्रिक सतहबाट कम उचाइमा रहेको र त्यहाँ बाढी र डुवानको बढी सम्भावना रहने राष्ट्रसंघको भनाइ छ ।

दुजारिकले पत्रकारसँगको कुराकानीमा भने, “संयुक्त राष्ट्रसंघका कर्मचारीले ‘विस्थापित शरणार्थीहरूका समस्याग्रस्त रूप’ पाएको विवरणहरू आएका छन् । हामीले रोहिंग्या शरणार्थीका चिन्ताहरू बङ्गलादेशका अधिकारीहरूसँग राखेका छौँ । हाम्रो लामो समयदेखि रहेको अडान भसन चारमा जीवनको सुरक्षा र दिगोपनको मूल्यांकन गर्न विस्तृत प्राविधिक र संरक्षण मूल्याङ्कन कुनै स्थान परिवर्तन गर्नु भन्दा अघि हुनुपर्दछ ।”

उनले थपे, ‘शरणार्थी वा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू स्वेच्छाले र सुरक्षा र मर्यादापूर्वक सर्नुपर्नेछ दवावमा होइन ।’

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ५९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि