बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते « Khabarhub

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रफ फुटबल खेलेर घर फर्किने क्रममा जुहूस्थित पुष्पा पार्कनजिकै अज्ञात व्यक्तिहरूले उनको गाडीमा गोली चलाएका थिए। घटनाका बेला अभिनेतालाई हेर्न समर्थकहरू पनि त्यहाँ भेला भएका थिए।

गोली प्रहारबाट श्रफलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ। घाइते चालक र अर्का एक व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनापछि मुम्बई प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनास्थलबाट प्रमाण सङ्कलन गर्नुका साथै आसपासका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

यस घटनामा लरेन्स बिश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले जिम्मेवारी लिएको दाबीसमेत सार्वजनिक भएको छ। तर उक्त दाबीको आधिकारिक पुष्टि हुन बाँकी छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरू र सम्भावित कारणबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ९ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको