आत्मघाती गोलमा रियल मड्रिडको जित « Khabarhub

आत्मघाती गोलमा रियल मड्रिडको जित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।

सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।

शनिबार राति भएको खेलमा रियलले सेभियामाथि आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे ।

रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

जितसँगै ११ खेलमा २० अंक जोड्दै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ३० बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा