नेकपा विवाद : स्थायी कमिटीभित्र को कता ? यस्तो छ समीकरण « Khabarhub

नेकपा विवाद : स्थायी कमिटीभित्र को कता ? यस्तो छ समीकरण


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आआफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले  कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको भन्दै सहभागी नहुने संकेत दिइसकेका छन् ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

दाहाल-नेपाल पक्षले भने पार्टी अनिर्णयको बन्दी बन्दा बहुमतले निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका ओलीविरूद्ध दाहाल-नेपाल पक्षले बहुमतबाट निर्णय गर्न खोजेका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिदैन ।

४४ सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा प्रष्ट देखिन ११ सदस्य मात्र छन् भने दाहाल- नेपाल समूहमा २९ जना छन् । ४ जना नेता प्रष्ट रूपमा खुलेका छैनन् ।

स्थायी कमिटीमा अल्पमतमा परेका ओलीले त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै उनविरूद्धको निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

को कता ?

४५ सदस्यीय स्थायी कमिटीमा हाल एक पद रिक्त छ । अग्नी सापकोटा सभामुख भएपछि कमिटीमा ४४ सदस्य छन् । यो सदस्यीय स्थायी कमिटीको समीकरण भने यस्तो छ –

प्रचण्डनेपाल समूह

स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूहमा २९ जना छन् । प्रचण्ड–नेपाल समूहमा रहेका नेताहरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, बर्षमान पुन, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, पम्फा भुसाल, गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मातृकाप्रसाद यादव, लिलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई, रघुजी पन्त र बेदुराम भुसाल छन्।

ओली समूह

ओली समूहमा स्थायी कमिटीमा हाल ११ जना नेता मात्र प्रष्ट खुलेर ओलीको पक्षमा लागेको पाइएको छ ।

ओली समूहमा प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु सुबासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल देखिएका छन्।

यी हुन चार मध्यमार्गी नेता

दुई गुटको कोपभाजनमा पुगेको नेकपामा ४ जना नेताहरू अहिलेसम्म कतै पनि खुलेका छैनन् ।

मझधारका नेताहरुमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, लेखराज भट्ट र मणिचन्द्र थापा रहेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ५० बजे

विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय