बेलायती महारानीले कोरोनाविरूद्धको खोप लगाउने | Khabarhub Khabarhub

बेलायती महारानीले कोरोनाविरूद्धको खोप लगाउने


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायती महारानी एलिजाबेथ द्धितियलाई  कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

अबको केही हप्ता भित्रै महारानी एलिजाबेथ द्धितियलाई खोप लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै खोप लगाउने तयारी भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । खोप अभियान सुरु भएपछि लाइनमा बसेर नै खोप लिने उनीहरूले बताएका छन् ।

डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ ।

बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ५५ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन