विदेशमा कोरोनाबाट मृत्यु हुने नेपाली संख्या ३०१ पुग्यो « Khabarhub

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपाली संख्या ३०१ पुग्यो


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो ।

हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।

छिट्टै खोप आउने विश्वास

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने सङ्केत देखापरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

रुसले निर्माण गरेको स्पुत्निक पाँच खोपको सामूहिक परीक्षण शुरु गरिएको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १ : २९ बजे

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज