उत्कृष्ट कम्पनी पहिचान गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने « Khabarhub

उत्कृष्ट कम्पनी पहिचान गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख दिलिप पौडेलले नयाँँ डिमान्ड लेटर सम्बन्धमा राम्रा र उत्कृष्ट कम्पनीहरुको पहिचान गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने बताएका छन् ।

जेद्धास्थित नेपाली माहावाणिज्य दूतावास र विभिन्न संघसंस्थाहरु बीच भेटघाट तथा श्रमिक अन्तरकृया कार्यक्रम बोल्दै उपनियोग प्रमुख पौडेलले दक्ष कामदार ल्याउने कुरामा दूतावासले सम्बन्धित सरोकारवाला संग समन्वय गरिरहेको, घरेलु महिला काम्दार सम्बन्धी दूतावास अत्यन्त चनाखो रहेकोले साउदी सरकार समक्ष ७ वटा प्रमुख मागहरु राखिएको र यदि ती पुरा नभएको खन्डमा घरेलु महिला कामदारको हकमा भिसा नदिने समेत बताए ।

कार्यबाहक माहावाणिज्यदूत शत्रुघन पोखरेलले हरेक कार्यहरुलाई सम्पादन गर्नको निम्ती दूतावासले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारीलाई हामी पनि छौं भनेर स्वच्छ र समाज सेवाको भावले हौसला उत्प्रेरणा दिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै सरकारले कुनैपनि संघसंस्थाको सहयोग बिना सफलता हात पार्न नसक्ने भन्दै सबैको सहयोग लिएर अधि बढ्ने बताएका थिए ।

यस्तै दूतावास जेद्धाका श्रम सहचारी प्रेम प्रसाद उपाध्यायले पनि श्रम बजारमा ठूलो स्थान ओगटेको साउदीमा आफूले काम गर्न पाउदा र सबै संघसंस्थाको सकृय भूमिकाले गर्दा श्रमिक समस्या न्युनिकरण गर्न धेरै सहज हुने जनाउंदै नयाँँ श्रमिक सम्झौता बारे छलफल गरेर मात्र अधि बढ्ने बताएका थिए ।

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद जेद्धाका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी भिम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा महावाणिज्य दूतावाससंग मिलेर बिगतका दिनहरुमा गर्दै आएको भूमिकालाई अझै तिब्र रूपमा समन्वयकारी भूमिका निभाउनको निम्ती सबैसंग हातेमालो गर्ने बताउंदै रियादमा बिगत छ महिनादेखि कोमामा रहेका पीडित तेज बहादुरको यथाशिघ्र उद्धार गरी नेपाल पठाउन तमुँधि जेद्धाका अध्यक्ष वेद कुमार गुरुङले आग्रह गरेका थिए।

दूतावास रियाद र माहावाणिज्य दूतावास जेद्धाबीच बिगत लामो समयदेखि श्रमिकबिषयमा सहकार्य, समन्वय, गर्दै आएको र कोरोना महामारीको बेला अफ्टेरोमा परेका नेपालीहरुलाई खाद्यान्न, स्वदेश फिर्तिको निम्ती टिकट उपलब्ध गराउनुको साथै बिचल्लिमा परेका श्रमिकहरुलाई स्वदेश पठाउनको लागि टिकट,पिसिआर टेस्ट, तत्काल बस्नको निम्ती सेल्टरको ब्यबस्था गरेको जनाउदै यस अभियानलाई सफल पार्नको साथ सहयोग र समर्थन गर्न नियोग लगायत सम्पूर्ण संघसंस्थालाई एनआरएनए साउदीका वरिष्ठ उपाध्यक्ष धुर्ब रिजालले आग्रह गरेका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ०७ बजे

चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

गाईघाट– शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिकासहित आसपासका वृद्धवृद्धा र बालबालिका

‘नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउन दुवै देशको पत्रकारिताको योगदान महत्त्वपूर्ण’

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक

काठमाडौं– बलिउडका  ‘टाइगर’ सलमान खानले आफ्नो ६०औँ जन्मदिनमा फ्यानहरूलाई बहुप्रतीक्षित

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर