उत्कृष्ट कम्पनी पहिचान गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने « Khabarhub

उत्कृष्ट कम्पनी पहिचान गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख दिलिप पौडेलले नयाँँ डिमान्ड लेटर सम्बन्धमा राम्रा र उत्कृष्ट कम्पनीहरुको पहिचान गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने बताएका छन् ।

जेद्धास्थित नेपाली माहावाणिज्य दूतावास र विभिन्न संघसंस्थाहरु बीच भेटघाट तथा श्रमिक अन्तरकृया कार्यक्रम बोल्दै उपनियोग प्रमुख पौडेलले दक्ष कामदार ल्याउने कुरामा दूतावासले सम्बन्धित सरोकारवाला संग समन्वय गरिरहेको, घरेलु महिला काम्दार सम्बन्धी दूतावास अत्यन्त चनाखो रहेकोले साउदी सरकार समक्ष ७ वटा प्रमुख मागहरु राखिएको र यदि ती पुरा नभएको खन्डमा घरेलु महिला कामदारको हकमा भिसा नदिने समेत बताए ।

कार्यबाहक माहावाणिज्यदूत शत्रुघन पोखरेलले हरेक कार्यहरुलाई सम्पादन गर्नको निम्ती दूतावासले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारीलाई हामी पनि छौं भनेर स्वच्छ र समाज सेवाको भावले हौसला उत्प्रेरणा दिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै सरकारले कुनैपनि संघसंस्थाको सहयोग बिना सफलता हात पार्न नसक्ने भन्दै सबैको सहयोग लिएर अधि बढ्ने बताएका थिए ।

यस्तै दूतावास जेद्धाका श्रम सहचारी प्रेम प्रसाद उपाध्यायले पनि श्रम बजारमा ठूलो स्थान ओगटेको साउदीमा आफूले काम गर्न पाउदा र सबै संघसंस्थाको सकृय भूमिकाले गर्दा श्रमिक समस्या न्युनिकरण गर्न धेरै सहज हुने जनाउंदै नयाँँ श्रमिक सम्झौता बारे छलफल गरेर मात्र अधि बढ्ने बताएका थिए ।

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद जेद्धाका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी भिम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा महावाणिज्य दूतावाससंग मिलेर बिगतका दिनहरुमा गर्दै आएको भूमिकालाई अझै तिब्र रूपमा समन्वयकारी भूमिका निभाउनको निम्ती सबैसंग हातेमालो गर्ने बताउंदै रियादमा बिगत छ महिनादेखि कोमामा रहेका पीडित तेज बहादुरको यथाशिघ्र उद्धार गरी नेपाल पठाउन तमुँधि जेद्धाका अध्यक्ष वेद कुमार गुरुङले आग्रह गरेका थिए।

दूतावास रियाद र माहावाणिज्य दूतावास जेद्धाबीच बिगत लामो समयदेखि श्रमिकबिषयमा सहकार्य, समन्वय, गर्दै आएको र कोरोना महामारीको बेला अफ्टेरोमा परेका नेपालीहरुलाई खाद्यान्न, स्वदेश फिर्तिको निम्ती टिकट उपलब्ध गराउनुको साथै बिचल्लिमा परेका श्रमिकहरुलाई स्वदेश पठाउनको लागि टिकट,पिसिआर टेस्ट, तत्काल बस्नको निम्ती सेल्टरको ब्यबस्था गरेको जनाउदै यस अभियानलाई सफल पार्नको साथ सहयोग र समर्थन गर्न नियोग लगायत सम्पूर्ण संघसंस्थालाई एनआरएनए साउदीका वरिष्ठ उपाध्यक्ष धुर्ब रिजालले आग्रह गरेका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ०७ बजे

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ– मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनमा

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि