आवश्यक परे पद छोड्न तयार छु : प्रचण्ड « Khabarhub

आवश्यक परे पद छोड्न तयार छु : प्रचण्ड


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार रहेको बताएका छन्।

पार्टी एकता र परिवर्तनविरोधी शक्तिहरू सडक प्रर्दशनमा उत्रिएको प्रसंग कोट्याउँदै प्रचण्डले यस्तो अवस्थामा आफू र अरू नेताहरूले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार हुनुपर्ने बताएका हुन्।

‘हामीले लामो संघर्ष र बलिदानबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत परिवर्तनका मुद्दा संस्थागत गर्‍यौँ। त्यसमा लाखौँलाख जनताको रगत र पसिना बगेको छ। त्यत्तिकै संख्यामा घाइते अपांग र बेपत्ता भएका छन्,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘ती परिवर्तनका मुद्दा उल्ट्याउन विभिन्न शक्ति सडक प्रदर्शनमा छन्। परिवर्तनका मुद्दा जोगाउन जिम्मेवारी छोड्नुपर्ने अवस्था आए म तयार छु। तपाईंहरु पनि आफ्नो तर्फबाट तयार हुनुहोस्।’

अध्यक्ष केपी ओलीले गत भदौ २६ गतेको निर्णय कार्यन्वयन नगर्दा पार्टीमा विवाद उत्पन्न भएको प्रचण्डले आरोप लगाए ।

स्थायी कमिटी बैठकमा एक घण्टा भन्दा लामो वक्तव्य दिएका प्रचण्डले पार्टी एकता, भदौ २६ गतेयता भएको विवाद र पत्रयुद्धका विषय विस्तार गरेका थिए।

बैठकमा प्रचण्डले पार्टी एकता जोगाउन आफूले हरसम्भव प्रयास गरेको बताए।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : १४ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा