सावधान ! प्लास्टिकका भाँडाबाट निम्तिन्छ गम्भीर स्वास्थ्य समस्या « Khabarhub

सावधान ! प्लास्टिकका भाँडाबाट निम्तिन्छ गम्भीर स्वास्थ्य समस्या


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अधिकांश नेपालीको भान्सामा प्लास्टिकका भाडाकुडा हुन्छन् । सस्तो तथा चलाउन सजिलो हुने भएकाले धातुका भाडा भन्दा प्लास्टिकका भाडाकुडाको प्रयोग बढ्दो छ ।

तर प्लाष्टिकको प्रयोग मानव स्वास्थ्यका लागि भने हानिकारक छ । यसमा हुने रासायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने गर्दछ ।

विशेषत पीभीसी, पोलिस्टाइरिन र पोलिकार्बोनेटेड प्लाष्टिक मानव स्वास्थ्यका लागी घातक मानिन्छ । बजारमा पाइने पानीको जार अर्थात पोलिकार्बोनेटेड केमिकलबाट बनेको जार पनि मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्लाष्टिकको अत्यधिक प्रयोग गर्दा शरीरमा एलर्जी हुने, नवजात शिशुमा शारीरिक तथा मानसिक पक्षघात हुनसक्ने र वंशाणुगत परिवर्तनसम्म हुन सक्छ । मानव जीवनको हर्मोनलाई नै परिवर्तन गराउने क्षमता राख्ने प्लाष्टिकले प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउछ ।

यसको प्रयोगले बालबालिका तथा गर्भवती महिलालाई बढी असर गर्दछ । साथै मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, चिढ्चिढापन, प्रजनन क्षमतामा कमी समेत हुनसक्छ ।

प्लाष्टिकको प्रयोगले आँखा, मृगौलालाई समेत हानी पार्दछ । अझ प्लास्टिक बाल्दा निस्कने ग्यासले समेत क्यान्सर गराउने भएकाले सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ०५ बजे

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज