जुजियर ब्याडमिन्टनतर्फ विश्व वरियताको १४औं स्थानमा उक्लिए प्रिन्स दाहाल « Khabarhub

जुजियर ब्याडमिन्टनतर्फ विश्व वरियताको १४औं स्थानमा उक्लिए प्रिन्स दाहाल


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली खेलाडी प्रिन्स दाहाल जुजियर ब्याडमिन्टनतर्फको विश्व वरियतामा १४औं स्थानमा उक्लिएका छन् । यसअघि ३२औं स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गर्दै शीर्ष १४ मा स्थान बनाएका हुन् ।

ब्याडमिन्टनतर्फ नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्स ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरियताको शीर्ष ५० मा उक्लिएका थिए ।

प्रिन्स केही समय अगाडि नेपालमा भएको इन्टरनेशनल सिरिजमा पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए । योसँगै प्रिन्सले सेनेगलमा हुने २०२२ को युथ ओलम्पिक खेल्ने पक्का भएको प्रशिक्षक कमलेस निरौलाले बताएका छन् । युथ ओलम्पिक २०२२ को मे अथवा जुनमा हुने तय भएको छ ।

यो महिनाभित्र प्रिन्सले अहिलेको बरियतालाई कायम गर्न सके सिनियर ओलम्पिक २०२४ खेल्ने सम्भावना समेत रहेको प्रशिक्षक निरौलाको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ४३ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण