कलंकी–चावहिल सडक विस्तार गर्न मुआब्जा नै २ अर्ब लाग्ने « Khabarhub

कलंकी–चावहिल सडक विस्तार गर्न मुआब्जा नै २ अर्ब लाग्ने

जग्गा अधिग्रहणका लागि सूचना निकाल्दै प्राधिकरण



काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–महाराजगञ्ज–चावहिल सडकखण्ड विस्तारको लागि मुआब्जा मात्रै २ अर्ब लाग्ने भएको छ ।

यो सडकखण्ड विस्तारका लागि सडक सीमाको दायाँबायाँ ३१/३१ मीटर जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि स्वीकृति दिइसकेको छ ।

मन्त्रिपरिषदबाट आएको निर्णयसँगै महाराजगञ्ज क्षेत्रको ३१ मिटर लम्बाइभित्र पर्ने घर टहरा हटाउनका लागि सूचना प्रकाशन गर्ने तयारी गरिरहेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

जग्गा अध्रिगहण र सडकको किनारा क्लियर गरेपछि सडक विस्तारका लागि चिनियाँ पक्षलाई दिने तयारी चक्रपथ सुधार आयोजनाको छ।

अहिले यो खण्डको प्रारम्भिक चरण अन्तर्गत रुख काट्ने, पोल सार्ने लगायतका काम भइरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले खबरहबलाई जानकारी दिए ।

‘अहिले रुख काट्ने काम ८० प्रतिशत सम्पन्न भइसकेको छ’ उनले भने, ‘पोल हटाउने काम पनि करिब अन्तिम चरणमा छ अबको काम भनेको जग्गा अधिग्रहण गर्ने हो ।’

‘जसअनुसार चक्रपथ विस्तार आयोजनाले ६ हजार ९ सय ४४ स्क्वायर मीटर जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ’ उनले भने, ‘त्यसको लागि जग्गाको मुआब्जा करिब २ अर्ब लाग्ने अनुमान गरिएको छ ।’

भर्खरै मन्त्रिपरिषदबाट स्वीकृती पाएकाले अब छिट्टै मुआब्जाको काम सकाएर निर्माण शुरु गर्ने तयारी आयोजनाको रहेको बताउँदै रिमालले भने, ‘आयोजना सरकारको प्राथामिकतामा पनि भएकाले मुआब्जाको लागि अर्थमन्त्रालयबाट छिट्टै बजेट बिनियोजन हुनेछ ।’

चीन सरकारले सो खण्ड विस्तारका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ । विस्तार शुरु गरेको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

सडक पूर्वाधारसहित विस्तार हुने

यसअघि चीन सरकारले कलंकीदेखि महाराजगञ्जसम्म मात्र सडक विस्तारको प्रस्ताव गरेको थियो । तर, नेपालले यसलाई चावहिलस्थित गोपीकृष्णसम्म ल्याउन अनुरोध गर्‍यो ।

सोही अनुरुप चीन सरकारले गोपीकृष्णसम्म्को ११ दशमलव ६ मिलोमिटर खण्ड विस्तारको काम गर्ने भएको छ ।

चक्रपथको तेस्रोखण्ड अन्तर्गत रहेको तिलगंगादेखि कोटेश्वरसम्मको सडक विस्तार गर्ने बारे सडक विभागले कुनै योजना बनाएको छैन ।

धोबीखोलासम्मको धार्मिक तथा पुरातात्विक पशुपति क्षेत्रभित्र पर्ने यो खण्ड सरकारले आफैंले विस्तार गर्ने योजना बनाएको छ ।

यता चक्रपथको पहिलो खण्डको काम भने एकवर्ष अगाडी नै सम्पन्न गरी सञ्चालनमा आइसकेको छ ।

चक्रपथ विस्तारको पहिलो खण्ड अन्तर्गत रहेको कोटेश्वर–कलंकी सडकखण्ड भने विस्तार र सञ्चालनपछि पनि पूर्वाधारको व्यवस्था गरिएको छैन ।

जसकारण यस सडकमा धेरै दुर्घटनाका जोखिम बढ्दै गएको छ ।

तर, अब विस्तार हुने यी दुई खण्डमा भने सम्पुर्ण पूर्वाधारको व्यवस्था गरेरै काम अघि बढाउने लक्ष्य आयोजनाले राखेको छ ।

‘हामीले पहिलेको त्रुटीलाई महशुस गरेर नै यो खण्ड थप सडक पूर्वाधारको व्यवस्थासहित विस्तार गर्नेछौं’ रिमालले भने, ‘बीचमा हरियाली, छेउमा डिभाइडर समेत राख्नेछौं ।’

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  २ : १८ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।