सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह | Khabarhub Khabarhub

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी हिनामिना प्रकरण छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यसो भनिएको छ ।

श्रेष्ठले बस्नेतमाथि सरकारी निकायबाट निष्पक्ष छानबिन माग गर्ने निर्णय गरिएको बताएका छन् ।

बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर सार्वजनिक भएको छ । राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई  निर्देशन दिएको छ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारीसहितका संस्थाको बचत रकम अपचलन आरोपमा बस्नेतसहित १४ जनाविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी भइसकेको छ ।

बस्नेतले आफन्तसँग मिलेर सहकारीको रकम हिनामिना गरेर बर्दियामा कृष्णसार रिसोर्ट खोलेको आरोप छ ।

नवलपुर र चितवनका सहकारीको ३० करोड रूपैयाँ सांसद बस्नेतकै योजना र संरक्षणमा बिनाधितो निकालेर रिसोर्टमा लगाएको खुलेको छ ।

राप्रपाले सहकारी प्रकरणमा संलग्न अन्यमाथि पनि स्वतन्त्र छानबिन गरी कारबाही चलाउन सरकारसँग माग गरेको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १० : ४६ बजे

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा