३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने | Khabarhub Khabarhub

३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले उक्त जानकारी दिएका हुन् ।

मन्त्री यादवले  श्रमिकका सुविधालाई मध्यनजर गर्दै श्रमिक बैंक खोल्नका लागि योजना अघि सारेको पनि बताए ।

सरकारले वैदेशिक रोजगारीका लागि युरोपको श्रम बजार समेत खोजीरहेको मन्त्री यादवको भनाइ थियो ।

गत मङ्सिर ४ गते भएको मन्त्रीमण्डल पुनर्गठनका क्रममा तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टलाई विस्थापित गरेर आएका यादवले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने पनि प्रतिवद्धता जनाए ।

उनले सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र १ लाख श्रमिक आवद्ध गराउने योजना बनाएको पनि बताए ।

सरकारले गत वर्ष मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गरेर गत साउन १ गतेदेखि कार्यान्वयनमा लगेको थियो । तर श्रममन्त्री परिवर्तन भए पछि समाजिक सुरक्षा योजनामा सहभागी हुन नीजि क्षेत्रले तदारुकता देखाएका छैनन् ।

चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम सय दिनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक तथा सिपमुलक तालिम सन्चालनका लागि एकीकृत नीतिको प्रारुप तयार गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ३५ बजे

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं– सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको

अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा

म्याग्दी– अपाङ्गता भएका व्यक्तिहरूले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

धरान– तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल