यस्तो छ विपिन स्टारर ‘सेल्फी किङ’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ विपिन स्टारर ‘सेल्फी किङ’ को ट्रेलर (भिडियो)


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपिन कार्की स्टारर ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म युनिटले मंगलवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

उक्त ट्रेलर युट्युबमा पनि हेर्न सकिन्छ ।

ट्रेलरमा विपिन कार्कीलाई शीर्ष भूमिकामा देख्न सकिन्छ । फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएको ट्रेलरबाट स्पष्ट हुन्छ ।

फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, जीवन पराजुली, भुवन चन्द, लोकमणि सापकोटा, कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका हुन् ।

आउँदो माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको केही समयअघि टिजर सार्वजनिक गरिएको थियो । यही फिल्मका कारण पछिल्लो समय विपिन चर्चामा छन् ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको यो फिल्ममा विशाल सापकोटाको निर्देशन छ । यसअघि दिनेश र सुभाषले फिल्म ‘प्रसाद’ निर्माण गरेका थिए ।

‘सेल्फी किङ’ मा धेरथोर ‘प्रसाद’ को स्वाद भने पाउन सकिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ५ : २८ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले