हिमपातसंँगै बढेको चिसोले डडेल्धुराका बस्ती सुनसान « Khabarhub

हिमपातसंँगै बढेको चिसोले डडेल्धुराका बस्ती सुनसान


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी-गएको बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

जिल्ला सदरमुकामसहितका भेग तथा गान्यापधुरा गाउँपालिका, हगुल्टे, अमरगढी क्षेत्रका पर्यटकीय क्षेत्र तथा आसपासमा पाँच दिन पहिले परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बन्न थालेको हो ।

जिल्लाको उच्च पहाडी क्षेत्रका विभिन्न बस्तीमा हिमपात भएसँग जाडोले स्थानीय बासिन्दालाई सास्ती भएको छ । जाडाले बस्नै नसकिने हुँदा केही स्थानीय बासिन्दा यसअघि नै हिमपात शुरु हुनु पहिले खर्कबाट बेँसीतिर झरिसकेका छन् । पुसदेखि फागुको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।

उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलुखेती गर्छन् । जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् । डडेल्धुराको उच्च पहाडी तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ ।

टेलिफोन र बिजुली नहुँदा समस्या

यसवर्ष हिउँदेयाममा डडेल्धुरा सदरमुकामसहित ग्रामीण बस्तीमा परेको हिमपातका कारण डडेल्धुरा सञ्चार र बिजुलीविहीन बनेको छ । बिहीबारदेखि तापक्रममा आएको गिरावटले इन्टरनेटलगायतका सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

लामो तथा छोटो दूरीका सवारी साधन पनि चल्न गाह्रो भएको छ भने ग्रामीण सडकसमेत अवरुद्ध भएको उग्रतारा डडेल्धुरा यातायात प्रालिले जनाएको छ ।

हिमपातका कारण दर्जनौँ टेलिफोनका टावरहरु नै अवरुद्ध भएको दूरसञ्चार कार्यालय डडेल्धुराले जनाएको छ । मौसम सुधार नआए अझै दुई/तीन दिन इन्टरनेटलगायतका सञ्चार सेवा अवरुद्ध हुनसक्ने कार्यालयका शिवराज बोहराले बताए ।

उता हिमापतका कारण सयौँ ठाउँमा बिजुलीका पोल भाँचिएकाले बिजुली बाल्न अझै केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका पाँच दिनदेखि अन्धकारमय बन्दै गएको छ ।

जिल्लाका विभिन्न स्थानमा भारी हिमपातका कारण पशुचौपायालाई चरनका लागि पनि समस्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ४५ बजे

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर