बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु « Khabarhub

बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ । आवश्यक उपकरण प्राप्त भएपछि अस्पतालले शल्यक्रिया सेवा शुरु गरेको हो । शल्यक्रिया सेवाका लागि नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्स्टिच्यूटले उपकरण उपलब्ध गराएको थियो ।

शल्यक्रिया सेवाको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अध्यक्ष पूर्णसिं थापाले यस भेगका जनताले सहज र सरल सेवा पाउने विश्वास व्यक्त गरे । असहाय विपन्न नागरिकलाई सहुलियत सेवा प्रवाह गर्न अस्पतालले सहयोग गर्ने बताउँदै अस्पतालको सुदृढीकरणका लागि गाउँपालिका सदैव तयार रहेको थापाले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा धनबहादुर क्षेत्रीले शल्यक्रियाका लागि दमौली, पोखरा वा अन्यत्रै जानुपर्ने बाध्यता रहेकोमा अब स्थानीयवासीले आफ्नै ठाउँमा सेवा प्राप्त गर्नसक्ने जानकारी दिए । शल्यक्रिया सेवालाई निरन्तरता दिनका लागि स्थानीय जनसमुदायको पनि महत्वपूर्ण भूमिका रहने डा क्षेत्रीको भनाइ थियो । “शल्यक्रिया सेवाका लागि अब अन्यत्र जान नपरेपछि स्थानीयवासीलाई आर्थिक भार पनि कम पर्नेछ,” डा क्षेत्रीले भने ।

यसैबीच शल्यक्रिया सेवा शुरु भएको अवसरमा बन्दीपुर गाउँपालिका र अस्पतालको संयुक्त आयोजनामा सोमबारदेखि हाइड्रोसिलको निःशुल्क शल्यक्रिया र हर्नियाको परीक्षण शिविर शुरु भएको छ ।

शिविरको पहिलो दिन दुई जनाको हाइड्रोसीलको सफल शल्यक्रिया गरिएको मेसु डा क्षेत्रीले जानकारी दिए । उनका अनुसार शल्यक्रिया सेवा शुरु भएसँगै अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डेक्टोमी, सीएसलगायत इमर्जेन्सी शल्यक्रिया सेवा सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ०२ बजे

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई