यसरी नियन्त्रण गर्न सकिन्छ कोलेस्ट्रोल « Khabarhub

यसरी नियन्त्रण गर्न सकिन्छ कोलेस्ट्रोल


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल व्यस्त जीवनशैली, शारीरिक अभ्यासको कमी तथा खानपानका कारण मोटोपन बढ्दो छ ।

बढ्दो शहरीकरणसँगै अनेकन रोगले पनि चाप्न थालेको छ । तनाव, मोटोपना, उच्च रक्तचापको अहिले सामान्य जस्तै लाग्ने स्वास्थ्य समस्या हुन् ।

यदि तपाईंमा पनि त्यस्ता लक्षण वा समस्या छन् भने समयमा नै सावधान हुनुहोस् । किनभने त्यस्ता कारणहरु हुनुको अर्थ हो कोलेस्ट्रोल भएको हुनसक्छ । यस्ता कारणले हाम्रो शरीरमा कोलेस्ट्रोललाई बढाउन सहयोग गर्दछ ।

कोलेस्ट्रोल अर्थात चिल्लो र तेलजन्य पदार्थ शरीरका कोशिकाहरुमा समावेश हुनु हो । कोलेस्ट्रोल तैलीय हुने भएका कारण पानीमा घुल्दैन । तर, कणहरुको रुपमा रक्त प्रवाहद्वारा शरीरको विभिन्न अंगहरुसम्म पुग्दछ ।

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् । राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल । गुड कोलेस्ट्रोलले हामीलाई हृदयघात हुनबाट बचाउँछ ।

यसले रक्त बाहकबाट कोलेस्ट्रोललाई निकालेर लिभरमा ल्याउने काम गर्छ भने ब्याड कोलेस्ट्रोलले हृदय र दिमागमा जाने रक्त नलीहरुमा बोसो निर्माण गर्छ ।

तसर्थ सकेसम्म बोलेस्ट्रोल नियन्त्रण गर्नु पर्दछ ।

कसरी गर्ने कोलेस्ट्रोल नियन्त्रण ?

१. प्रोटिन, फाइबर, भिटामिनको मात्रा पाइने ड्राइ फुडको सेवनले कोलेस्ट्रोल कम गर्छ ।
२. लसुनको सेवनले पनि धमनीहरुमा रगत जम्न नदिई कोलेस्ट्रोल कम गराउँछ ।
३. पालुङ्गोको सागले पनि धमनीहरुमा रगत जम्न दिदैन र कोलेस्ट्रोल कम हुन्छ ।
४. भिटामिन सीले भरपुर अमलाले पनि कोलेस्ट्रोललाई रक्त नलीहरुमा जम्मा हुन दिँदैन ।
५. राजमा, सुन्तला, स्याउ र नासपातीमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्दछ ।
६. बेसार, मेथी, बैगुन, सख्खरखण्ड र भिन्डीको सेवनले पनि कोलेस्ट्रोल नियन्त्रित हुन्छ ।
७. माछामा हुने अमिनो एसिड र फ्याटी एसिडले कोलेस्ट्रोललाई कम गर्छ ।
८. एवोकाडोमा हुने भिटा सिटोस्टेरल नामक तत्वले कोलेस्ट्रोललाई नियन्त्रित गर्दछ ।
९. सिमीको सेवनले गर्दा पनि कोलेस्ट्रोललाई कम हुन्छ ।
१०. नियमित ग्रीन टी पिएमा पनि ब्याड कोलेस्ट्रोललाई कम गर्न सहयोग पुर्‍याउँछ ।
११. अण्डाको पहेँलो भाग, रातो मासु, तारेका खानाले कोलेस्ट्रोल बढाउँछ ।
१२. धेरै तेल भएको खानाले पनि कोलेस्ट्रोल बढाउँछ ।
१३. भोजनमा धेरैभन्दा धेरै फाइबरयुक्त खानेकुराहरु समावेश गर्नुपर्छ ।
१४. सकेसम्म डेरी प्रोडक्टको सेवन कम मात्रामा गर्नुपर्छ ।
१५. कोलेस्ट्रोल नियन्त्रण गर्न सातामा ६ दिन शारीरिक अभ्यास गर्नु आवश्यक हुन्छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : ५८ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान