घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित « Khabarhub

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो । 

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।  

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए । 

मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । 
    
पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरू गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  २ : ३५ बजे

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

बेइजिङ- अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन

सम्राको शतक र कुशलको अर्धशतकले पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले