पाचन प्रणाली कमजोर हुनेका लागि ६ टिप्स | Khabarhub Khabarhub

पाचन प्रणाली कमजोर हुनेका लागि ६ टिप्स


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जानेर होस् वा अन्जानमा हामीले खाएका कतिपय खानेकुरा शरीरलाई पचाउन ग्राहो भएको हुन्छ । अर्थात हाम्रो पाचन प्रणालीले सबै प्रकारका खानेकुरा पचाउन सक्दैन । तर यसो हुनुमा कतिपय अवस्थामा पचाउने क्षमता कमजोर हुनु पनि हो ।

अर्थात खानेकुराका कारण पाचन प्रणालीमा समेत समस्या हुने गर्दछ । तसर्थ शरीर स्वस्थ्य बनाउन प्राचन प्रणाली ठिक हुन जरुरी छ । पाचन क्षमता बलियो बनाउन निम्न कुरा त्याग्नु पर्दछ ।

१. अन्यत्र भुलेर नखाने
कहिले काहिँ हामी अन्यत्र भुलेर वा काम गर्दै खादाँ हामी अत्यधिक मात्रामा खानेकुरा खाने गर्दछौ । जसलाई पचाउन गाह्रो हुन्छ । तसर्थ टेलिभिजन हेर्दै, गित सुन्दै वा भलाकुसारी गर्दै खानु हुदैन । यसले हाम्रो पाचन क्षमतामा हानि पार्दछ ।

२. अत्यधिक नखाने
केहि मानिसमा जुनसुकै समयमा जति भए पनि खाने बानि हुन्छ । भर्खर खाना खाएको मानिसले पनि कतै भोज वा भत्तेर भेटेमा फेरी खाने गर्दछन् । सबैमा यो बानि लागु नहुन सक्छ । तर यस्तो बानि छ भने यसलाई तत्काल छाड्नु पर्दछ ।

३. स्वाद लिएर खाने
कुनै पनि खानाको आआफ्नो स्वाद वा विशेषता हुने गर्दछ । तर खाना खाएको बेला यसको स्वादको मिठास लिन सकिएन भने यसबाट प्राप्त हुने आवश्यक मात्राको पौष्टिक सहित खानेकुराको मात्रा समेत असमान हुन्छ । जसले पाचन प्रणाली बिर्गान सक्छ ।

४. साह्रो वा काचो नखानुहोस्
केहि मानिस सारो र काचो खाना खान रुचाउँछन् । तर यसलाई पचाउन हाम्रो पाचन प्रणालीलाई निकै बल पुर्याउँछ । यस्तो अवस्थामा अदुवाको एक टुक्रालाई कागतीको रसमा मिसाई पिएमा जस्तै साह्रो भोजन पनि पच्ने गर्दछ ।

५. चिसो पेय नपिउनुहोस्
केहि मानिसमा चिसो पेय पर्दाथ अर्थात कोल्ड ड्रिंकको सेवन गर्ने लत झै हुन्छ । तर पाचन प्रणालीका लागी यो सबैभन्दा हानिकारक मानिन्छ । साथै बजारमा पाइने फास्टफूडको सेवन पनि पाचन प्रणालीका लागी लाभदायक मानिदैन । यसले हाम्रो शरीरमा नराम्रो कोलोस्टोरको मात्रा बढाउँनुका साथै वोसो समेत बढाउँछ ।

६. सहि समयमा भोजन
पाचन प्रत्रृmया दुरुस्त राख्न सहि समयमा भोजन गर्न आवश्यक हुन्छ । साथै नियमित दिनचर्याको समेत पालना गर्नुपर्दछ । अर्थात विहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना समयमा खानु पर्दछ । सकेसम्म बिहान ८ बजे अगावै खाजा खाने, ११ बजे भित्र खाना खाने, दिउँसो २ बजे खाजा खाने र साझँ ५ बजे हल्का फल खाएर बेलुकीको खाना ८ बजे भित्र खाइसक्नु पर्छ । यसो गर्नाले शरीरको पाचन प्रणाली तन्दरुस्त रहन्छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : १९ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न