आजबाट तीन दिन वर्षासँगै हिमपातको सम्भावना, पश्चिमी न्यून चापिय प्रणाली सक्रिय « Khabarhub

आजबाट तीन दिन वर्षासँगै हिमपातको सम्भावना, पश्चिमी न्यून चापिय प्रणाली सक्रिय


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान  महाशाखाले आजबाट तीन दिन मुलुकका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि  आज दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने  जनाएको हो ।

अहिले देशको पहाडी भूभागका केही स्थानको मौसममा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागमा दिउँसो पनि आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भू-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आइतबार)

दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

आज शुक्रवारबाट नेपालमा पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ०९ बजे

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ