चितुवाको आक्रमणबाट ९ वर्षकी बालिकाको मृत्यु « Khabarhub

चितुवाको आक्रमणबाट ९ वर्षकी बालिकाको मृत्यु


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ ।

बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् । यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ०३ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २