‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीको आश्रममा « Khabarhub

‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीको आश्रममा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– तपस्वीको रुपमा चिनिँदै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी उनको सिन्धुलीस्थित आश्रम पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र सिन्धुलीको टोली सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा पुगेको हो । तर, प्रहरीले बम्जनलाई भने फेला पारेको छैन ।

बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको निवेदनानुसार जिल्ला अदालत सर्लाहीले बिहीबार मात्रै बम्जनलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो ।

प्रहरीले गित डेढ वर्षदेखि बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ । गत वर्ष नै बम्जनविरुद्ध आश्रमका केही महिला अनुयायी (आनी)सहितका व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको थियो ।

बम्जनविरुद्ध नुवाकोटकी कर्मा तामाङ, सर्लाहीकी रिता बोट, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोप छ ।

व्यक्ति बेपत्ता तथा हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले समेत बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ ।

सीआईबीसहित प्रहरीको टोलीले गत वर्षको पुसमा समेत बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित आश्रममा छापा मारेको थियो । सीआईबीको टोलीले त्यतिबेला केही महत्वपूर्ण प्रमाण फेला पारेको बताएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा