चिनियाँ राष्ट्रपतिद्वारा कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ घोषणा | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ घोषणा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ को घोषणा गरेका छन् । चीनको सरकारी समचार संस्था सिन्ह्वाले जनाएअनुसार राष्ट्रपति सीले बिहीबार जनयुद्धको घोषणा गरेका हुन् ।

‘पुरै मुलुकले आफ्नो क्षमता प्रयोग गरी व्यापक एवं कठोर रुपमा महामारी नियन्त्रण तथा निवारणका लागि काम गर्दै कोरोनाभाइरसविरुद्ध जनयुद्धको शुरु गरेको छ,’ सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको जनाइएको छ । शुक्रबार बिहानमात्र चीनमा अरु ६९ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि बिहीबार कोरोनाभाइरसबाट ७३ जनाको ज्यान गएको थियो । यो सँगै कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।

यस्तै, कोरोनाभाइरसको संक्रमण पनि थप मानिसहरुमा फैलिँदै गएको छ । पछिल्लो पटक २५ सय जनामा कोरोनाभाइरसको संक्रमण फेला परेसँगै यसबाट संक्रमितको सङ्ख्या ३० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाभाइरसबाट चीनबाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको तथा यसको संक्रमण २३ मुलुकका १५० जनामा फेला परिसकेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : २६ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ