जब माछा घाटीको वारपार भयो, माछा समातेर अस्पताल पुगे घाइते « Khabarhub

जब माछा घाटीको वारपार भयो, माछा समातेर अस्पताल पुगे घाइते


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इण्डोनेसियाको सुलावेसी प्रान्तको बुटोन गाउँका १६ बर्षीय मोहम्मद ईदुल नामक एक किशोरलाई एक माछाले हमला गरी सख्त घाइते बनाएको छ ।

माछाको हमला यति खतरनाक थियो कि उनको घाटी छेड्दै एक माछा घाटीको वारपार भएको थियो । र यसमा अझै रोचक चाहिँ माछाले घाटीको वारपार हुन गरी छेडेपछि स्वयम् ति किशोर माछा समातेरै अस्पताल पुगेका थिए ।

ईदुल आफ्ना साथीसहित माछा मार्न नजिकैको समुन्द्र किनारमा पुगेका थिए । यस दौरान उनीहरु डुगांबाट समुद्रमा आधा किलोमिटर भित्र पुगे । त्यतिकैमा अचानक ७५ सेन्टिमिटर लामो निडल माछाले ईदुलको घाटीमा हमला गर्‍यो । निडल माछाको चुच्चो मुख ईदुलको गर्धनको वारपार भयो ।

माछाले घाटी छेडेपछि आत्तिएका इदुलले माछा बाहिर निस्कन खोज्नु अघि नै उसको चुच्चो मुख समातेर साथीको सहयोगमा समुद्र किनार फर्किए । र तत्काल स्थानीय अस्पतालमा उपचारका लागी पुगे । तर उपचारको पर्याप्त साधन नभएको जनाउदै अस्पतालले ईदुललाई अर्को अस्पतालमा रेफर गरिदियो ।

एक अस्पतालबाट अर्को अस्पताल पुग्न इदुललाइ डेढ घण्टाको समय लागेको थियो । तर यत्तिका समयसम्म उनले माछा पक्रन भने छाडेनन् । अन्ततः चिकित्सकले शल्यक्रिया मार्फत माछालाई उनको गर्धनबाट निकालियो । हाल इदुलको अवस्था सुधारोन्मुख छ ।

ईदुलको गर्धन छेड्ने निडल माछाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस अघि सन् २०१८ मा पनि निडल माछाले थाईल्याण्डमा एक नौसैनिकको गर्धनमा हमला गरेको थियो । जसका कारण ती नौसैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ५३ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को