सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री « Khabarhub

सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन् ।

नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिए ।

“सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ”, उनले भने, “डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ । सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन् ।”

उनले डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेट वे’ बनाउने तयारी गरिरहेको जानकारी गराए । उनले औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचना प्रविधिको पनि चुनौती थपिएको बताए । मन्त्री खतिवडाले नयाँ सूचना प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्न नसके पछाडि परिने उल्लेख गरे ।

अनलाइनमार्फत भुक्तानी बढाउन सरकार लागि परेको भन्दै उनले अनलाइनमार्फत भुक्तानी भए कागजी रुपैयाँको प्रयोग घट्ने बताए । “हामी अनलाइनबाट नै सबै किसिमका भुक्तानी गर्न प्रणालीको विकासमा रहेका छौँ”, उनले भने “अनलाइनबाट भुक्तानी गर्ने हो भने रुपैयाँ छाप्नका लागि पैसाको पनि बचत हुन्छ ।’’

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : १८ बजे

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको