दुःख टाढा भागाउने गौतम बुद्धका सात सूत्र | Khabarhub Khabarhub

दुःख टाढा भागाउने गौतम बुद्धका सात सूत्र


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा मानिसहरु आफुलाई अभाव, कष्ट वा दु:खमा देख्दछन् । जसका कारण मानिस जीवनमा दुःख छ भनेर चिन्तित हुने गर्दछन् । तर हाम्रो मनमा किन दु:ख आयो वा दु:ख महशुस हुन थाल्यो, चिन्ताको खास कारण के हो ?

यसबारे भने हामी कारण खोज्दैनौ । भगवान् गौतम बुद्धले मानिसलाई हुने यस प्रकारको चिन्ता र तनावबाट बच्न ७ सुत्रहरु दिनुभएको छ । जसको पालना गरेमा मानिसले आफुलाई दु:खमा पाउने छैन ।

१. सम्यक दृष्टि
सम्यक दृष्टि अर्थात जस्तो छ त्यस्तै देख्नु । कुनैपनि कुरालाई हेर्दा, मूल्यांकन गर्दा आफ्नो धारणालाई बीचमा लिएर नहेर्नु नै बुद्धको प्रथम सुत्र हो । त्यही कारण कुनैपनि कुरालाई हेर्ने दृष्टि सम्यक हुनुपर्छ । अर्थात यथोचित दृष्टि हुनुपर्छ ।

२. सम्यक संकल्प
सम्यक दृष्टि अर्थात जुन गर्न योग्य हुन्छ, त्यही गर्नु र त्यसमा पुरा जीवन लगाउनु बुद्धको दोश्रो सुत्र हो । बुद्धका अनुसार यस्तो संकल्प जो बोधबाट प्राप्त होस् र बाहिरी उत्साह नभई आन्तरिक उत्साहबाट होस ।

३. सम्यक वाणी
सम्यक वाणी अर्थात हामी जे बोल्छौ, त्यही गर्नुपर्दछ । भित्र एउटा कुरा, बाहिरी अर्को कुरा राखेर नभई आफ्नो बोलीमा हृदयको अवस्था प्रकट गर्नु बुद्धको तेश्रो सुत्र हो । मानिसले जुन कुरा बोल्नुपर्ने हो, जति मात्रामा बोल्नुपर्ने हो र जहाँ बोल्नु पर्ने हो त्यहाँ मात्र बोल्नुपर्छ ।

४. सम्यक कर्म
सम्यक कर्म अर्थात यथोचित काम मात्र गर्नुपर्दछ । मानिसले त्यही काम गर्नुपर्छ जुन काम गर्न योग्य होस् । यो नै बुद्धको चौथो सुत्र हो । यस्तो काम गर्नाले जीवनलाई सार मिल्दछ । मानिसले त्यहि काम गर्ने जुन जरुरी छ । यसलाई बुद्धले सम्यक कर्म भनेका छन् ।

५. सम्यक आजीव
सम्यक आजीव अर्थात आजीविका । बुद्धका अनुसार अरु कसैको अहित नगरी बाँच्नु नै सम्यक आजीविका हो । विध्वंसात्मक नभइ सृजनात्मक भई बाँच्नका लागि अरुलाई पीडा नदिई, अरुको जीवन नष्ट नगरी अरुको अहित नगरी जिउनु नै सम्यक आजीव हो ।

६. सम्यक व्यायाम
सम्यक ब्यायाम अर्थात श्रम । सम्यक ब्यायाम/श्रम भनेको आलस्य नभई कर्मठताका साथ गरीने परीश्रम वा शारीरीक कर्मलाई बुझिन्छ । यो नै बुद्धको छैठो सुत्र हो । बुद्धका अनुसार शरीर मार्ग हो भने सम्यक श्रमका लागी कर्म हो । र दुबैको समिश्रण जीवन हो ।

७. सम्यक स्मृति
सम्यक स्मृती अर्थात मनमा कुविचार नराख्नु । कुनै पनि कर्ममा लिन हुदाँ सकेसम्म कुनै पनि कुविचार मनमा नराखि एकाग्रताका साथ सुविचार मनमा राख्नु नै बुद्धको सातौ सुत्र हो । बुद्धका अनुसार नराम्रो विचार मनमा राख्नु हुदैन, यसले हृदयलाई नै मार्ने गर्दछ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ५२ बजे

पेन्सन र सामाजिक सुरक्षा भत्तामा गत वर्ष दुई खर्ब खर्च

काठमाडौँ – सामाजिक सुरक्षा भत्ता, निवृत्तभरण र विपन्न स्वास्थ्य उपचार

जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

सहायता समूहले भन्यो– गाजा मुख्यालयमा इजरायली आक्रमण, एक कामदारको मृत्यु

काठमाडौं– प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले इजरायली सेनाले गाजास्थित

कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

विराटनगर– कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट