चीनलाई नेपालले दियो एक लाख थान मास्क | Khabarhub Khabarhub

चीनलाई नेपालले दियो एक लाख थान मास्क


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेको छ ।

शुक्रवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।

सरकारले कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् ।

कोरोना भाइरसका कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार बिहानसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ४३ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर