कांग्रेस गच्छदारको ‘बचाउ’मा लाग्दा संसद वैठक २ दिनका लागि स्थगित « Khabarhub

कांग्रेस गच्छदारको ‘बचाउ’मा लाग्दा संसद वैठक २ दिनका लागि स्थगित


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरेपनि बैठक शुरु हुन सकेन ।

संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।

संसदमा कांग्रेसको प्रश्न– अख्तियारले सरकार पक्षका लागि बोक्ने, विरोधीलाई ठोक्ने गर्न मिल्छ ?

गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेको थियो ।

बिहीबार कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ५३ बजे

एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डलमा

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको

वीरगञ्जको बीपी उद्यान अतिक्रमण गर्ने व्यवसायीलाई हटाइयो

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय